तेक्वान्दोतर्फ पुलिस टिम च्याम्पियन

news

भैरहवा, वैशाख १० । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नेपाल पुलिस क्लब ११ स्वर्णपदकसहित टिम च्याम्पियन बनेको छ ।

मंगलबार भैरहवामा सम्पन्न तेक्वान्दोतर्फ पुलिसले ११ स्वर्ण ३ रजत र ३ कास्यपदक हात पारेको हो ।

६ स्वर्णपदक जितेको त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा २ स्वर्णपदकसहित सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो भयो ।

कुल २१ स्वर्णपदकमध्येका बाँकी दुईओटा स्वर्णपदक प्रदेश नम्बर–१ र प्रदेश नम्बर–५ ले प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट फाइटर पुरुषतर्फको पुरस्कार आर्मीका सक्षम कार्की र बेस्ट फाइटर महिलातर्फ पुलिस क्लबकी रेजिना कार्की घोषित भइन् ।

पुलिस क्लबका रञ्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगितामा पुम्से र स्पाइरिङ विधामा गरी २४२ खेलाडी सहभागी थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...