सुटिङमा नयाँ कीर्तिमान

news

नेपालगन्ज, वैशाख १० । प्रदेश नम्बर–३ की सुस्मिता नेपालले सुटिङ खेलको महिला १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

प्रदेश नम्बर–५ मा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत् मंगलबार भएको सुटिङको सो स्पर्धामा सुस्मिताले २४० पूर्णांकमा २३४ अंक जोड्दै कीर्तिमान बनाएकी हुन् ।

योसँगै उनले स्नेहा राज्यलक्ष्मी राणाले दुई वर्षअघि राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकको कीर्तिमान भंग गरिन् ।

प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा प्रदेश–५ का अर्नव घिमिरेले स्वर्णपदक जिते । स्थानीय खेलाडी अर्नबले कुल २४० पूर्णांकमा २१६ अंक जोडे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...