स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध : प्रमुख निर्वाचन आयुक्त

news

काठमाडौं, वैशाख १४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा प्रश्न उठाउन नसक्नेसमेत दाबी गरे ।

निर्वाचन आयोगले गर्ने काममा खबरदारी र सहयोग गरी आलोचनात्मक सुझाव उनले आग्रह गरे ।

समाज सुधारका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले युवा पुस्तालाई पनि समाज परिवर्तनको संवाहक बन्न सुझावसमेत दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...