एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानलाई

news

पोखरा । पोखरामा सम्पन्न एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानिज खेलाडी माकोतो ओदाकुराले जितेका छन् ।

अन्तर्राष्ट्रिय ट्रायथलन युनियनको प्राविधिक सहयोग र नेपाल ट्रायथलन संघको आयोजनामा सम्पन्न खेलमा ओदाकुराले ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी पोल्याण्डका डान म्याकटोसले रजत पदक पाए भने कोरियाका जी ह्वान किमले कास्य पदकमा चित्त बुझाएका छन् ।

त्यस्तै साउथ एशियन ट्रायथलन च्याम्पियनसिपतर्फको खेलमा नेपाली खेलाडी बसन्त थारुले स्वर्ण पदक जितेका छन् ।

भारतीय खेलाडीको वर्चश्वलाई तोड्दै उनले एक घण्टा ०३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

भारतीय खेलाडी लोकेन्द्रकुमार वावुजी दोस्रो भए भने नेपालका नितेश मानन्धर तेस्रो भए ।

महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा ०२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जितिन् ।

दोस्रो स्थानमा जापानकी कोनामी यासिओडा र तेस्रो जापानकै नाओमी ताकामिने पर्न सफल भइन् । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ९ जनाको सहभागिता थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...