रनभानले आफ्नो रजत जयन्ती मनायो

news

काठमाडौं । संयुक्त राष्ट्र संघका विभिन्न निकायमा स्वयम्सेवकको भूमिकामा रही काम गरि फर्कनेहरुको संगठन रिर्टनड युनाईटेड नेशनस् भोलुन्टियर एसोसियसन नेपाल (रनभान) ले आफ्नो रजत जयन्ती मनाएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गरि संगठनले रजत जयन्ती मनाएको हो ।

रनभान राष्ट्र संघमा सहयोग स्वयम्सेवकको काम गरि फर्किएका विभिन्न फरक फरक पेसा आबद्ध नेपालीहरुको संगठन हो ।

संगठनले सामाजिक विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिए ।

संगठनले रजत जयन्तीको अवसर पारेर समाजसेवी प्राध्यापक डा.जगदिश वैद्यलाई सम्मान गरेको छ । संगठनमा अहिले १ सय ४० भन्दा बढी सदस्य छन् ।

सन् १९७३ मा नेपालका तर्फबाट राष्ट्रसंघमा पहिलो पटक स्वयम्सेवक भर्ना गरिएको थियो ।

त्यस यता विश्वका विभिन्न भूभागमा २ हजार भन्दा बढी नेपाली स्वयंम्सेवकले काम गरि सकेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...