पत्रकारका समस्या समाधानको पहल गर्छुः अध्यक्ष दाहाल

news
तस्वीरः दाहालको सचिवालय

काठमाडौँ, बैशाख १५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकारका समस्या समाधानका लागि आफुले पहल गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघको टोलीसँगको भेटमा अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउने पनि बताए । 

आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसलाई जाने भन्दै उनले माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डालाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेको स्मरण पनि गरे ।

प्रेसकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आईपुगेको पनि दाहालले उल्लेख गरे । यसका लागि पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषण पत्र बुझ्दै अध्यक्ष दाहालले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा प्रेसले साथ दिएको बताए ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्ध रहेको भन्दै दाहालले संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिने बचन दिए । प्रेस स्वतन्त्रता कुण्ठिन नहुने गरी कानुन निर्माणमा भूमिका खेल्ने पनि बताए ।

संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै बनाइने बताए । महासंघले उठाएका मागबारे पार्टी र सरकारमा छलफल हुने र प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराउने जिम्मा उनले लिए ।


इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...