कर्णाली प्रिमियर लिगः मध्यपश्चिमले लालीगुराँसलाई ७ विकेटले हरायो

news

सुर्खेत । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पूरा गर्‍यो । 

मध्यपश्चिमको जितमा बलिङमा आकाश बिष्ट र अजय साहनीले ३/३ विकेट लिए ।

यस्तै ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए ।

खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकाश विष्ट घोषित भए ।

समुह ए अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्यपश्चिमको यो पहिलो जित हो ।

लालीगुराँसले भने तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ ।

समुहको शीर्ष स्थानमा रहेको कर्णाली ११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले १ खेलमा जित हाँसिल गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...