सोमबारदेखि सुरु हुने बजेट अधिवेशनको तयारी पुरा

news

काठमाडौं । संघीय संसदका दुवै सदनको सोमबारदेखि सुरु हुने बजेट अधिवेशनको तयारी पूरा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन बैशाख १६ गते अर्थात भोली अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद सचिवालयले संघीय संसदको चौथो अर्थात बजेट अधिवेशनको लागि प्राविधिक लगायतका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार लगायतका प्राविधिक तयारी पनि पूरा भएको जनाएको हो ।

भोलीदेखि सुरु हुने बजेट अधिवेशनका रुपमा रहने बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम बैशाख २० गते प्रस्तुत गर्ने तयारी गरेको छ ।

यस्तै, सरकारले संविधानमै व्यवस्था भए अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...