दिल्ली आईपीएल क्रिकेटको प्ले-अफमा, कोलकाताको पनि सम्भावना जिवित

news

काठमाडौं । रोयल च्यालेन्जर्स बैंङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले–अफ्मा छनोट भएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा दिल्लीले बैंङ्लोरलाई १६ रनले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले श्रेयर ऐयरको ५२ रन तथा शिखर धवनको ५० रनको मद्दतले १ सय ८७ रन बनायो ।

जवाफमा १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंङ्लोर १ सय ७१ रनमै समेटियो ।

यो खेलमा दिल्लीका नेपाली बलर सन्दिप लामिछानेले ३ ओभर बलिङ गरेर ३६ रन दिए पनि विकेट लिन भने सकेनन् ।

जितसँगै दिल्ली १२ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली ६ वर्षपछि आईपीएल क्रिकेटको प्ले अफ्मा छनोट भएको हो ।

आईपीएलकै अर्को खेलमा मुम्बई इन्डियन्सलाई ३४ रनले हराउँदै कोलकाता नाइट राईडर्सले पनि प्ले–अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...