आईपीएलमा हैदरावादद्वारा पञ्जाव ४५ रनले पराजित

news

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

गएराति हैदरावादमा भएको खेलमा पाहुना टोली पन्जाब ४५ रनले पराजित भयो ।

राजिव गान्धी क्रिकेट रंगशालामा हैदरावादले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । पन्जाबका लोकेश राहुलले ७९ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ हैदरावादका खलील अहमेद र राशिद खानले ३÷३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

उसका लागि डेभिड वार्नरले सर्वाधिक ८१ रन जोडे । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २–२ विकेट लिए ।

जितसँगै हैदरावादले आईपीएल क्रिकेटको प्ले–अप्mमा पुग्ने सम्भावना बलियो पारेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...