साफ यु–१८ फुटबल नेपालमा हुने, मणि कुँवरलाई हटाउने प्रयास असफल

news

काठमाडौं, वैशाख १७ । १८ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

मंगलबार काठमाडौंमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को साधारण सभाले च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिनेसहितको कार्यतालिका पारित गरेको हो ।

प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौंमा हुनेछ ।

त्यसैगरी, पुरुषको १५ वर्षमुनिको साफ च्याम्पियनसिप आगामी भदौ ५ देखि १४ गतेसम्म भारतमा र महिलाको १५ वर्षमुनिको साफ च्याम्पियनसिप भुटान वा बंगलादेशलाई असोज ९ देखि कात्तिक १ गतेसम्म आयोजना गर्न दिने निर्णय भएको छ ।

मणि कुँवरलाई हटाउने प्रयास असफल

नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौंमा बसेको हो ।

बैठकमा नेपालले साफको अध्यक्ष र उपाध्यक्ष सम्बन्धित फुटबल संघले चाहेमा फिर्ता हुनेगरी विधान संशोधनको प्रस्ताव गरे पनि साधारणसभाको अस्वीकृत गरेको थियो ।

साफको उपाध्यक्षमा रहेका मणि कुँवर अखिल नेपाल फुटबल संघ (एन्फा)मा नरहेको अवस्थामा एन्फाले गरेको प्रस्ताव अस्वीकृत भएको हो ।

चार वर्षका लागि निर्वाचित कुँवरले एक वर्षमात्र कार्यकाल पूरा गरेको हामीसित बताए ।

कुँवरले गत वर्षको एन्फा निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गरे पनि अन्तिम समयमा नाम फिर्ता लिएका थिए ।

साफ साधारणसभाले साफको आगामी आर्थिक वर्षको बजेटसमेत पारित गरेको एन्फा महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...