‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा बकस पाएको दाबी

news

काठमाडौं, वैशाख १७ । सरकारी जग्गा अतिक्रमण गर्ने भू–माफियाहरुलाई उन्मुक्ति दिन नहुनेमा दलका नेताहरुले जोड दिएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैथोक पचाएर भ्रष्टाचारलाई मलजल गरिरहेको आरोप लगाए ।

‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा बकस पाएको दाबी गर्दै पौडेलले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने विश्वकर्माको माग थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले सरकारले एक इन्च पनि सरकारी जग्गा अपचलन नगर्ने भन्दै बालुवाटार प्रकरणमा विष्णु पौडेलले राजीनामा दिनु नपर्ने बताए ।

यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता वृषेशचन्द्र लालले बालुवाटार जग्गाकान्डका आरोपीहरुले उन्मुक्ति पाउन नहुनेमा जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...