बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारबाही माग

news

काठमाडौं, वैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबिनका साथ मोलाहिजाबेगर दोषीमाथि कारबाहीको माग दोहोर्‍याएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्तिमार्फत् सो प्रकरणको गहिरो छानबिन गरी दोषीलाई दन्डित गरिनुपर्नेमा जोड दिएका छन् ।

‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारप्रति सजगताका लागि कांग्रेस सबैमा अपिल गर्दछ’–विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारबाहीका लागि नागरिकको सजगता, सन्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दबाब र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गरेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...