स्वतन्त्र सेनानी भोजराज शास्त्रीको निधन

news
फाइल तस्वीर ।

अर्घाखाँची, वैशाख १८ । स्वतन्त्र सेनानी भोजराज शास्त्री (मरासिनी)को ८८ वर्षको उमेरमा निधन भएको छ ।

शिक्षा क्षेत्रमा ४० वर्ष योगदान दिनेक्रममा स्वतन्त्र सेनानी आन्दोलनमा होमिएका शास्त्रीको सोमबार राति बुटवलमा उपचारकाक्रममा निधन भएको हो ।

२०१७ सालदेखि २०२० सम्म नेपाली कांग्रेसमा सक्रिय रहेको कारण देखाउँदै तत्कालीन पञ्चायती शासकबाट उनी यातनासहित २१ महिना जेल चलान भएका थिए ।

शास्त्रीले स्व. काशीनाथ गौतम, ढुण्डीराज शास्त्री, मोदनाथ प्रश्रितलगायतसँग राजनीतिक सहकार्य गरेका थिए ।

भारतको बनारसबाट शास्त्री अध्ययन गरेका स्व. शास्त्री संस्कृतका प्रकान्ड विद्धान् पनि मानिन्थे ।

वि.सं. १९८८ असार २८ गते अर्घाखाँचीको ढिकुरामा जन्मिएका शास्त्रीले अर्घाखाँचीको ढिकुरा, वाङ्ला, धनचौर र कपिलवस्तुको पिपरास्थित जनता माविमा प्रधानाध्यापककारुपमा भूमिका खेलेका थिए ।

उनले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढिकुरास्थित शारदा माविको स्थापनामा महत्वपूर्ण योगदान दिएका थिए ।

उनको मंगलबार देवघाटमा अन्त्येष्टि गरियो । शास्त्रीका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...