‘श्रम र पुँजीको उच्चतम् परिचालनबाटमात्रै समृद्धि हासिल सम्भव’

news

काठमाडौं, वैशाख १८ । नेपाल उद्योग वाणिज्य महासंघले श्रम र पुँजीको उच्चतम् परिचालनबाटमात्र अपेक्षित समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

१३०औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा शुभकामना दिँदै महासंघ अध्यक्ष भवानी राणाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरूप दिन थप समझदारी र समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

उच्चदरको आर्थिक वृद्धिका माध्यमबाट मुलुकलाई विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति गर्ने जिम्मेवारी हाम्रै हातमा रहेको भन्दै उनले रोजगारदाता र ट्रेड युनियनबीचकोे सम्बन्धले नयाँ आयाम लिएको बताएकी छन् ।

यस्तै, महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले ठूलो संख्यामा युवा जनशक्ति रोजगारीका लागि विदेशिन परिरहेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन रोजगारदाता र ट्रेड युनियनबीचको थप समझदारी र सहकार्यले विशेष महत्व राख्ने उनले बताएको महासंघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...