भुक्तानी रोकिएपछि सडक निर्माण ठप्प

news

धनकुटा, वैशाख १९ । धनकुटास्थित भेंडेटार–महाभारत–आहाले–बराहक्षेत्र सडक योजनाको भुक्तानी रोकिंदा सडक निर्माण ठप्प भएको छ ।

पछिल्लो कामको मुल्यांकनको आधारमा २ करोड रुपैयाँ बराबरको भुक्तानी हुने बिलिङ भए पनि जिल्ला आयोजना कार्यान्वयन इकाईले भुक्तानी नदिँदा सडक निर्माणको काम दुई महिनादेखि ठप्प छ । नालीसहित सवा ६ मिटर चौडा र करिव १० किलोमिटर लम्वाई कालोपत्रे हुने सो सडक ठेकेदार कम्पनीले करिब १६ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

गत असारदेखि निर्माण सुरु भएको उक्त योजनाको काम आगामी पुसभित्र सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

यता, जिल्ला आयोजना कार्यान्वय इकाई धनकुटाका निमित्त आयोजना प्रमुख दीप नारायण साहले मन्त्रालयबाट रकम निकासा नहुँदा भुक्तानी गर्न नसकेको जानकारी दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...