जनचाहना अनुसार काम गर्न सरकार असफल भएको कांग्रेसको ठहर

news

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो समय एकपछि अर्को काण्डमा मुछिएको भन्दै सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

त्यसैगरी बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल गरेको सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए ।

नेता डा. महतले सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने जानकारी दिए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता सहभागी थिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...