बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा नै मुछिए पनि सजाय भोग्नुपर्छः नेता केसी

news

झापा । नेपाली कांगे्रसका नेता अर्जुननरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज गरिएको पत्रकार सम्मेलनमा नेता केसीले बालुवाटार जग्गा घोटालामा नेता, कार्यकर्ता, कर्मचारी वा जोकोही मुछिए पनि पनि सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारले आँट गर्नुपर्ने बताए ।

नेता केसीले वर्तमान सरकार काण्डैकाण्डले बेरिएको भन्दै सबै सुरक्षा अंग आफ्नो मुठीमा राखे पनि हत्या, हिंसा, बलात्कारलगायतका आपराधिक घटनामा कुनै कमी आउन नसकेको टिप्पणी गरे । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...