काठमाडौं, वैशाख १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने गरी जनताको मन जित्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई बिहीबार सानेपामा शपथ गराउनेक्रममा उनले पार्टीमा अनुशासन कायम गरेर जनतामा जानुपर्ने धारणा राखे ।
प्रशिक्षण विभागलाई देशभर प्रशिक्षण चलाउन निर्देशन दिँदै उनले एउटा निर्वाचन हार्दैमा आत्तिनु नपर्ने बताए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले कांग्रेसले अब देशभर जागरण अभियान चलाएर पार्टीलाई थप बलियो र सुदृढ गरिने बताए ।
निधिको नेतृत्वमा रहने प्रतिष्ठानले पार्टीको सिद्धान्त, समसामयिक राजनीतिलगायतका विषयमा नेता–कार्यकर्ताहरुलाई प्रशिक्षण दिने काम गर्दछ ।
प्रतिक्रिया