‘प्रदेश–२ मा नेकपाको नेतृत्वमा बहुमतको सरकार बन्नसक्छ’

news

काठमाडौं, वैशाख १९ । नेपालले चीनसँग गरेका व्यापार तथा पारवहन सम्झौताहरु कार्यान्वयनमा भारतले अवरोध नपुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब नेपालले भारतको निर्देशनमा नभइ देशको आवश्यकताअनुसारका योजनाहरु अघि बढाउने बताए ।

प्रमुख जिल्ला अधिकारीलाई केन्द्र सरकारअन्तर्गत् राख्ने अधिकार संविधानले नै दिएको भन्दै उनले प्रदेश नम्बर–२ मा पनि नेकपाको नेतृत्वमा बहुमतको सरकार बन्नसक्ने जिकिर गरे ।

सरकारी जग्गा अतिक्रमण गर्ने छुट कसैलाई पनि नहुने भन्दै सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले यही सरकारले नै छानबिन समिति बनाएकाले सरकारले टुंगोमा पुर्‍याउने दाबी गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णय

सो अवसरमा यही वैशाख १७ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका ९ ओटा निर्णयहरु सार्वजनिक गरिएको थियो ।

जसमा १५औं पञ्चवर्षीय योजनाको अवधारणापत्र स्वीकृत, पुनःनिर्माणका लागि साउदी विकास कोषबाट प्राप्त हुने तीन अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण सहायता स्वीकारलगायत रहेका छन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले महाकाली सिँचाइ आयोजनाको नहर निर्माण, दरवाङ–म्याग्दी जलविद्युत् आयोजना र फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिनेलगायतका निर्णयसमेत गरेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...