प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनामको भ्रमण गर्ने

news
फाइल तस्वीर ।

काठमाडौं, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता  दक्षिणपूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न ८ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले ‘कुनै समय युद्धबाट जर्जर भएका ती दुवै देश अहिले आर्थिक समृद्धिको मार्गमा द्रुतगतिमा अघि बढेका छन् । उनीहरूको विकासको अनुभव हाम्रानिम्ति उपयोगी हुने ठानेका छौं’–भने ।

बहुल बौद्धधर्मावलम्बी दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले निकट भविष्यमा सन्चालन हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउनसक्ने बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...