उत्पादनमुखी, यथार्थपरक, कार्यान्वयन हुनसक्ने बजेट ल्याउन अर्थविद्को सुझाव

news

काठमाडौं, वैशाख १९ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा व्यस्त छ । दुईतिहाइ बहुमतको सरकारले ल्याउने दोस्रो बजेटप्रति सबैको चासो छ ।

सरकार एवं सत्तारुढ दल निर्वाचनकाक्रममा दिइएको आश्वासनअनुरुप बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइरहेका छन् भने प्रतिपक्षी दल वितरणमुखी बजेट ल्याइए अर्थतन्त्रले धान्न नसक्ने बताउँदै आएका छन् ।

यता, अर्थविद्हरु पनि सामाजिक सुरक्षामा बजेट विनियोजन गर्नुपर्ने र गर्न नहुने आ–आफ्नो तर्कमा छन् ।

यद्यपि, आगामी बजेट पूर्ण कार्यान्वयन गर्न सकिने र यथार्थपरक हुनुपर्नेमा भने उनीहरुको जोड छ ।

अर्थविद् डा. गोविन्द थापा अघिल्लो बजेट दुईतिहाइ सरकारले ल्याएकोजस्तो नभएको भन्दै यसपटक सामाजिक सुरक्षाका कार्यक्रमसहित दलहरुले घोषणापत्रमा राखेका आश्वासन पूरा गर्नेगरी ल्याउनुपर्ने बताउँछन् ।

अर्का अर्थविद् डा. भवानीप्रसाद ढुंगाना स्वदेशी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने र पूर्ण कार्यान्वयन गर्न सकिनेखालको बजेट ल्याउनुपर्ने बताउँछन् ।

अर्थविद् थापा कर्मचारीको तलब वृद्धि, वृद्धभत्ता बढाउनुपर्ने पक्षमा छन् । यसले अर्थतन्त्रलाई गतिशील बनाउने उनको तर्क छ ।

अर्थविद् ढुंगाना भने वृद्धभत्ता, कर्मचारीको तलब वृद्धि गरिएपनि राजनीतिक रङ दिनका लागि गरिनु नहुने बताउँछन् ।

पहिलो बजेट सार्वजनिक गरेपछि बजेटप्रति सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका थिए ।

त्यस उसले अर्थमन्त्री डा. युवराज खतिवडा यसपटकको बजेटमा सामाजिक सुरक्षाका क्षेत्रमा बजेट विनियोजन गर्न लचक हुने देखिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...