राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम संसदमा पेश

news
Picture-RSS

काठमाडौं, वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् ।

सरकारले बनाएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले सदनमार्फत् सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम पेश गरिएको हो ।

यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट तयार गर्नेछ ।

भण्डारी संसद भवन पुग्दा भव्य स्वागत गरिएको थियो । राष्ट्रपति भण्डारी संसद् भवन नयाँ बानेश्वरमा पुग्दा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायतले स्वागत गरेका थिए ।

संसदमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि संसद् भवनमा उपस्थित छन् ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेश गरेका थिए । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...