रमजान आजबाट सुरु

news

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् ।

त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।

मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...