आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने

news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले संसद्मा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नको जवाफ दिन लागेका हुन ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ ।

लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममा नयाँपन आउनुपर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

संसद्मा भएको छलफलमा विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् ।

विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफेरोमा रहेर जवाफ दिने बताइएको छ ।

प्रधानमन्त्रीको जवाफपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...