राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक

news

काठमाडौं । स्वास्थ्य सेवा विभागले राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति सार्वजनिक गरेको छ ।

विभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा किशोरकिशोरीको स्वास्थ्य र विकाससम्बन्धी आवश्यकता र चुनौतीमा व्यापक परिवर्तन आएकाले नयाँ रणनीति तय गरिएको जनाएको हो ।

रणनीतिमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको विभागले जजाएको छ ।

सात वर्षका लागि तय गरिएको रणनीतिले सवै किशोर किशोरीलाई उत्प्रेरित गर्ने दाबी विभागको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर गुणराज लोहनीले नयाँ रणनीति समय सान्दर्भिक रहेको भन्दै यसले किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्य सेवाको पहुँचमा सवैलाई समान अवसर प्रदान गरेको दाबी गरे । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...