खम्बेचौरमा निर्माण गरेको बाल उद्यान पार्क भत्काइयो, बजेटको दुरुपयोग

news

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले खम्बेचौरमा निर्माण गरिएको बाल उद्यान पार्क भत्काएको छ ।

पार्क निर्माणको केही वर्ष वित्न नपाउँदै नगरपालिकाले भत्काएको हो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा नगर विकास कोषको कुल ३६ लाख ऋण सहयोग र कमलामाई नगरपालिकाको करिव १९ लाख गरी करिव ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बाल उद्यान पार्क निर्माण भएर सदुपयोगमा आउन नसक्दै पुनः भत्काइएको हो ।

कमलामाई नगरपालिकाले प्रारम्भिक चरणमै दीर्घकालीन असरलाई अध्ययन नै नगरी बसपार्कको छेउमा बाल उद्यानपार्क निर्माण गरेका कारणले प्रयोगमा आउन सकेको थिएन ।

तर सोही स्थानमा पुनः व्यवस्थित पार्क निर्माण गर्ने भन्दै बजेटको दुरुपयोग गरेर भत्काइएको हो ।

नगरपालिकाले विगतमा जस्तै यसपटक पनि दीर्घकालिन सोच बिना नै अत्यन्त व्यस्त स्थान खम्बेचौरमा पुनः पार्क निर्माण गर्ने जनाएको छ ।

पार्कलाई व्यवस्थित बनाउन पुरानो पार्क भत्काइएको नगरपालिकाले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...