पिकअप भ्यानबाट खसेर बालकको मृत्यु

news

डम्मर बुढा मगर

बागलुङ, वैशाख २६ । बागलुङको निसीखोलामा पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।

निसीखोला वडा नम्बर ३ को बोहरागाउँमा लु१च ६७५२ नम्बरको  भ्यानबाट खसेर स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

भ्यानबाट खसेर अर्का एक बालक घाइते छन् । भ्यानबाट खस्दा १२ वर्षीय विष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको शर्माले बताए ।

तीव्र गतिमा गुडेको भ्यान स्पिड ब्रेकरमा उफ्रिँदा दुवै बालक खसेका थिए । घाइते भएका दुवैलाई उपचारका लागि बुर्तिबाङ ल्याउने क्रममा लघुको मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...