कपिलवस्तु सीमानाका तीन दिन बन्द हुने

news

कपिलवस्तु, वैशाख २६ । कपिलवस्तुमा भोलिदेखि तीन दिनका लागि भारतसँगको सीमानाका बन्द हुने भएको छ ।

भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द हुने भएको हो ।

भोलिदेखि आगामी २९ गतेसम्म बिहान ७ देखि बेलुका पाँच बजेसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरी सीमानाका बन्द रहने जनाएको  हो । भारतको सिद्धार्थनगर जिल्लामा २९ गते निर्वाचन हुँदैछ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...