जनप्रतिनिधिबाटै कुटिए दलित, पीडित पक्ष न्याय माग्दै सदरमुकाममा

news

सप्तरी, वैशाख २६ । सप्तरीका दलित समुदाय स्थानीय जनप्रतिनिधिबाटै कुटिएका छन् ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ झपकीका राजु खंगले सोही ठाउँकी साक्षी सिंहलाई भगाएपछि वडाध्यक्षसहितका व्यक्तिले गाउँका दलित समुदायलाई कुटपिट गरेका हुन् । पीडितहरु न्याय माग्दै सदरमुकाम राजविराज आएपछि घटना उजागर भएको हो ।

दलितले उच्च जातकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपिट गरेको उनीहरु बताउँछन् । साक्षीलाई भगाएर कहाँ लगेको भन्ने गाउँलेलाई जानकारी नरहेको भन्दाभन्दै पनि सोध्न आएका वडाध्यक्षसहित व्यक्तिले कुटपिट गर्न थालेको उनीहरुको आरोप छ ।

वडाध्यक्षले गाउँभरिका व्यक्तिलाई कुटपिट गर्दै ४ देखि १० हजारसम्म जरिवाना तथा सहीछापसमेत गराएको उनीहरुको आरोप छ । दलित भएकै कारण गाउँका भद्रभलादमीबाट न्याय नपाएको भन्दै राजविराज आएका उनीहरुले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

कक्षा ९ मा अध्ययरत राजु र साक्षी केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यता, वडाध्यक्ष श्रीप्रसाद यादवले गैरदलितको छोरी भगाएर समाजमा नमिल्ने कुरा गरेको बताएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...