डेढ किलो सुनसहित युवक पक्राउ

news

हेटौंडा, वैशाख २६ । मकवानपुरबाट एक किलो ६४९ ग्राम सुनसहित एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना८ख ३७९२ नम्बरको बस चेकजाँचकाक्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत् रातमाटेमा अवैधरुपमा लिएर गइरहेको सुनसहित भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुनलाई प्रहरीले पक्राउ गरेको हो ।

ल्वागुनले जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ल्वागुनलाई सुनसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...