प्रधानमन्त्री ओली भियतनाममा

news

दीपेन्द्र अधिकारी (रासस)

भियतनाम, वैशाख २६ । मित्रराष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनामको राजधानी हनोइ आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहीबारदेखि भियतनामको औपचारिक भ्रमणमा छन् ।

उनले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्नेछन् ।

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी–व्यवसायी एवं सन्चारकर्मी संलग्न छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...