‘कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?’ (भिडियो), यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

news

काठमाडौं, वैशाख २६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली कांग्रेसले प्रयोग गर्ने ‘जय नेपाल’ शब्द शब्दकोषबाट हटाउन चुनौती दिएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले तत्कालीन राजा महेन्द्रले भन्न सुरु गरेको ‘जय नेपाल’ शब्द कांग्रेसले बोकेर हिँडेको भन्दै त्यसलाई हटाउन चुनौती दिए ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकामा कांग्रेसले आपत्ति जनाएको प्रसंगमा मन्त्री बाँस्कोटाले ‘त्यसो हो भने कांग्रेसजनले पनि राजाले प्रयोग गरेको शब्द बोकेर हिँड्नु के कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?’ भन्दै प्रश्न गरे ।

उनले कांग्रेसका संस्थापक बीपी कोइरालाले चीन भ्रमणकाक्रममा ‘मेरो सरकार’ भनेको दाबी गर्दै शब्द–शब्दका विषयमा नअल्झन कांग्रेसलाई सुझाव दिए ।

सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले सरकारले ‘सगरमाथा डायलग’ सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले भइरहेको विदेश भ्रमणकाक्रममा त्यस विषयमा छलफल हुने उनको भनाइ थियो ।

उनले देशभर अतिक्रमण भएका सरकारी जग्गा सरकारको स्वामित्वमा ल्याएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णय

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यही वैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ९ ओटा निर्णय सार्वजनिक गरे ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीको म्याद अर्को राजदूत नियुक्त नभएसम्मका लागि थपेको छ ।

त्यस्तै, नेपाल र भियतनामबीच हुने हवाई सेवा सम्झौता स्वीकृत गर्दै प्रधानमन्त्रीको भ्रमणकाक्रममा सम्झौतामा हस्ताक्षर गर्ने निर्णय सरकारले गरेको छ ।

बैठकले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थालाई पाँच वर्षका लागि एक भिसा वर्षमा तोकिएकोभन्दा बढी कार्यरत् नहुने गरी निःशुल्क अध्ययन भिसा ‘कोटा’ उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

भिडियो हेर्नोस्

मन्त्रिपरिषद बैठकका निर्णय पढ्नोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...