सेयरबजार सामान्य अंकले ऋणात्मक, कारोबारमा सुधार

news

काठमाडौं, वैशाख २६ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंक बढीले ऋणात्मक रहेर १२ सय ९१ मा आएर थामियो ।

यसदिन कारोबारमा भने सुधार आयो । अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर कारोबार पुग्यो ।

कारोबार भएकामध्ये अधिकांशजसो समूह ओरालो लागे । निर्जीवन बिमा समूह र उत्पादनमूलक समूहबाहेक अरु समूह ऋणात्मक रहेका हुन् ।

जीवन बिमा समूह सबैभन्दा उच्च ५३ अंकले ओरालो लाग्यो । होटल समूह पनि दोहोरो अंकले झर्दा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।

निर्जीवन बिमा समूहमा ५० अंक र उत्पादनमूलक समूहमा पनि ३६ अंकको वृद्धि आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका साढे ३५ लाख कित्ता सेयर ९५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...