सन्धिखर्कमा जिप दुर्घटना, चालकको मृत्यु

news

काठमाडौं, साउन २२ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ मा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ३६ बर्षीय सन्तोष भुषालको मृत्यु भएको हो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

भुषालले चलाएको लु१ज १७७० नम्बरको जिप राति सबा ८ बजे सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...