कागबेनीदेखि तिरी जोड्ने काठेपुल कालिगण्डकी नदीले बगायो

news

मुस्ताङ, साउन २२ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीदेखि तिरी जोड्ने ५० मिटर लामो काठेपुल कालिगण्डकी नदीको बाढीले बगाएको छ ।

पानीको सतह बढेर कालिगण्डकी नदीले कटान थालेसँगै गएराति पुल बगाएको हो ।

पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीको १३ लाख आर्थिक सहयोगमा दुई वर्षअघि उक्त पुल बनाइएको थियो ।

काठेपुल नदीले बगाएपछि कागबेनी हुँदै छिमेकी जिल्ला डोल्पा, मुस्ताङ र उपल्लो मुस्ताङ जाने बैकल्पिक पदयात्री तथा तिरी गाउँका करिब १५ घरधुरीका स्थानीय प्रभावित भएका छन् ।

उर्लंदो कालिगण्डकीले नजिकैको गाउँ तिरीबाट ल्याईएको खानेपानी पाइप बगाउँदा कागबेनीमा खानेपानीको समस्यासमेत देखिएको छ ।

नदी कटानकै कारण पौराणिक धार्मिक महत्वको प्रसिद्ध श्राद्ध तथा तर्पणस्थल रहेको घर पनि जोखिममा परेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...