सम्बन्ध विच्छेदका घटना बढ्दै, यस्ता छन् कारणहरु

news

दीपक घिमिरे/ ईमेज

रुपन्देही । रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुने गरेका छन् ।

तीन वर्षको तथ्यांक हेर्दा रुपन्देहीमा प्रत्येक बर्ष झण्डै सयको हाराहारीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको देखिन्छ ।

आर्थिक बर्ष २०७२/७३ मा ३ सय ५८ मुद्दा दर्ता भएकामा २०७३/७४ मा ४ सय १२ वटा र २०७४/७५ मा ५ सय १४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार संजिव पोख्रेलले जानकारी दिए ।

दर्ता भएका मुद्दा मध्ये आव २०७२/७३ मा ३ सय २५ वटा, २०७३/७४ मा ४ सय ६ वटा र ०७४/०७५ मा ४ सय ६८ वटा मुद्दा फछ्र्यौट भएका छन् ।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३५ बर्ष उमेर समूहका रहेका छन् ।

किशोरावस्थामा लहलहैमा विवाह गर्ने र पछि बुझ्दै जादाँ पछुताउने प्रवृतिका कारण विवाहको केही वर्षमै युवा युवतीले सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेका हुन् ।

सम्बन्ध बिच्छेद गर्न आउने मध्ये ७० प्रतिशत पहाडी मूलका छन् ।

सम्बन्ध बिच्छेदका लागि महिलाले दायर गराउने मुद्दामा श्रीमानले खान लगाउन नदिएको, हेरचाह नगरेको, झैझगडा गर्ने लगायतका विषयमा उल्लेख रहे पनि आन्तरीक कारण भने फरक हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त सहप्राध्यापक तथा समाजशास्त्री उमेश रिजालले बढ्दै गएको सम्बन्ध बिच्छेदको घटनाले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको भन्दै यसको न्यूनीकरणका लागि राज्यले विद्यालयदेखि उच्च शिक्षासम्म पूर्वीय दर्शनको शिक्षाका बारेमा अध्ययन अध्यापन गराउन आवश्यक रहेको बताए ।

महिला हक अधिकारको विषयमा कार्य गर्ने विभिन्न गैरसरकारी संस्थाहरुले महिला हकका बारेमा समाजमा आवाज उठाउन सिकाए पनि त्यसपछि समाजमा पर्ने असरको विषयमा भने केही नसोच्ने गरेकाले कतिपय बिषयमा समस्या उत्पन्न हुने गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...