हेटौंडादेखि चतरासम्मको सडक निर्माण तीब्र

news

सिन्धुली, भदौ १ । सरकारको उच्च प्राथमिकतामा रहेको हेटौंडादेखि चतरासम्मको सडक निर्माण तीब्र रुपमा भइरहेको छ ।

तीन वर्षभित्र बनाइसक्नुपर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक तीब्र गतिमा बन्दै गरेको हो । हेटौंडादेखि चतरासम्मको सम्पूर्ण निर्माण आगामी तीन वर्षभित्र सकाउने उद्देश्यले सुनसरीको धरानदेखि उदयपुर, सिन्धुली र मकवानपुरको हेटौंडासम्म सडक पुल, पुलेसाको निर्माण भइरहेका छन् ।

प्रदेश नम्बर १ स्थित सुनसरीको धरानदेखि चतरा, उदयपुरको गाईघाट, कटारी सिन्धुलीमाडी हुँदै मकवानपुरको हेटौंडासम्म डबल लेन सडक ३ सय १८ किलोमिटर लामो हुनेछ । जसलाई दुई प्याकेजमा निर्माण भइरहेको आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए ।

पूर्वीतर्फ धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीको भीमानसम्म र पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट हेटौंडासम्म पक्की सडकको पूर्वाधारहरु तयार भइरहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा बढेको यातायातको चाप कम गर्न तथा मध्यतराईका भूभागबाट राजधानी काठमाडौंलाई छोटो दुरीमा जोड्न धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माण बनाइएको हो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...