रसुवामा मिनि गोसाइँकुन्ड यातायात, दैनिक ५० ओटा टाटासुमो चलाइने

news

रसुवा, भदौ १ । रसुवामा शुक्रबारदेखि मिनि गोसाइँकुन्ड यातायात प्रालि सन्चालनमा आएको छ ।

काठमाडौंदेखि रसुवागढीलगायत जिल्लाका विभिन्न स्थानमा टाटासुमो सन्चालन गर्नेगरी प्रालिले यो सेवा सन्चालनमा ल्याएको हो ।

यही भाद्र १० गते पवित्र तीर्थस्थल गोसाइँकुन्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलालाई मध्यनजर गर्दैै दैनिक ५० ओटा टाटासुमो सन्चालन गर्नेगरी यातायात सेवा सुरु गरिएको प्रालिका अध्यक्ष तेम्पा नोर्बु तामाङले जानकारी दिए ।

मेला अवधिभर सरल र सहजरुपमा तीर्थयात्रीहरुलाई सेवा प्रदान गर्ने अध्यक्ष तामाङले बताए ।

मिनि गोसाइँकुन्ड यातायात प्रालिले हाल लगानीकर्तालाई सेयरसमेत वितरण गरेको छ । प्रक्रिया मिलाएपछि सर्वसाधारणका लागिसमेत सेयर वितरण गरिने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...