काठमाडौं, भदौ १ । नेपालको पहिलो एवं बहुप्रतिक्षित कलंकी ‘अन्डरपास’ सन्चालनमा आएको छ ।
अन्डरपास सन्चालनमा आएसँगै उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने प्रमुख नाका कलंकीमा कम जाम हुने विश्वास गरिएको छ ।
चार लेनको अन्डरपासमध्ये शुक्रबारदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए ।
‘दुई लेनमा निर्माण सामग्री राखिएकाले पन्छाउन एक महिना लाग्छ । एक महिनापछि अन्डरपास चार लेनमै चल्छ । अन्डरपासमा सवारीचालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ’–उनले भने ।
चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलंकी सडक विस्तारअन्तर्गत् अन्डरपास निर्माण भएको हो ।
साउन पहिलो सातामै खोल्ने भनिएपनि निर्माण सम्पन्न नभएकाले अन्डरपास खोल्न समय लागेको थियो ।
अन्डरपास सन्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन ।
परीक्षणकारुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताए । रासस
प्रतिक्रिया