रानीपोखरी पूरानै शैलीमा पुनःनिर्माण गर्न मार्ग

news

काठमाडौं, भदौ ३ । भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंस्थित रानीपोखरी प्रताप मल्लकालीन ग्रन्थकुट, शिखरशैलीमा पुनःनिर्माण गर्न सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले आग्रह गरेको छ ।

सघर्ष समितिले आइतबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

तीन वर्षअघि भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी पूरानै शैलीमा पुनःनिर्माण नथालिएको भन्दै संघर्ष समितिले विरोध जनाएको हो ।

गत पुस २६ गते विज्ञ समूहले दिएको सुझावबमोजिम नै रानीपोखरी पुनःनिर्माण गराउन उनीहरुको आग्रह छ ।

जमिनबाट प्राकृतिकरुपमा पानी आउनसक्ने सम्भाव्यताबारे तत्काल जाँच गराउन र कामबारे नागरिकलाई समय–समयमा जानकारी गराउन पनि माग गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...