कामिनीको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

news

काठमाडौं, भदौ ३ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको मुद्दामा अन्तरिम आदेश जारी गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।

सरकारले पदमुक्त गरेपछि पुनःबहालीको माग गर्दै राजभण्डारीले सर्वोच्चमा रिट दायर गरेकामासर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले पुनःबहालीको माग गर्दै रिट हालेकी थिइन् ।

आइतबार न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले राजभण्डारीको अन्तरिम आदेश अस्वीकार गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...