भासिएको सडक मर्मतमा ढिलाइले यात्रु मर्कामा

news

रसुवा, भदौ ८ । सडक डिभिजन कार्यालय नुवाकोटको बेवास्ताका कारण एक साताअघि बिग्रिएको रसुवाको सदरमुकाम नजिकैको सडक अझै तयार हुन सकेको छैन ।

सडक बन्द हुँदा यात्रुले सास्ती ब्यहोर्नुका साथै बढी मूल्य तिरेर सामान ढुवानी गर्न ब्यापारी बाध्य भएका छन् । पासाङ ल्हामु सडक खण्डअन्तर्गत रसुवाको धुन्चे–स्याफ्रु खण्डको त्रिशुली पुल नजिकै दुई स्थानमा एक साताअघि भासिएको सडक मर्मत नहुँदा रसुवाको उत्तर भेगका बासिन्दालगायत चिनियाँ पर्यटक मर्कामा परेका छन् ।

उता, केरुङबाट बल्लतल्ल ल्याएको स्याउ रसुवागढीमा पल्टी गर्दा बढी पैसा तिर्नु पर्ने र सामानसमेत बिग्रिने गरेको व्यापारीको भनाइ छ ।

सदरमुकाम धुन्चेदेखि रसुवा गढीसम्म पुग्न तीन स्थानमा सवारी साधन परिवर्तन गर्नु पर्दा समयमै गन्तव्यमा पुग्न नसक्ने र सवारी साधन पाए पनि दोब्बर भाडा तिनुपर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन् । सडक डिभिजन कार्यालयले काम शुरु गरे पनि पुरा हुन नसकेको हो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...