दुई ठूला आयोजना निर्माणको जिम्मा एउटै कम्पनीलाई, काममा चरम ढिलासुस्ती (भिडियो)

news

सुजिता भण्डारी 

नुवाकोट, भदौ ८ । नुवाकोटमा एउटै कम्पनीले दुईभन्दा बढी आयोजना निर्माणको जिम्मा लिँदा उपलब्धी कमजोर देखिएको छ । निर्माण गर्नुपर्ने समयसीमा गुज्रिसके पनि कामको गति ढिलो हुँदा स्थानीय असन्तुष्ट बनेका छन् ।

नुवाकोटको विदुर खानेपानी आयोजनाअन्तर्गतको तेश्रो साना शहरी खानेपानी आयोजना र गल्छी–त्रिशुली सडक स्तरोन्नति आयोजना निर्माणको जिम्मा एउटै कम्पनीलाई दिँदा काममा चरम ढिलाइ देखिएको छ । केही समय ढिलोचाँडो हुनु त स्वाभाविक नै हो तर यहाँ त समयसीमा सकिँदासमेत काम आधा पनि हुन सकेको छैन ।

दुवै आयोजनाको समयसीमा गुज्रेपछि फेरि १÷१ वर्ष समय थपिएको छ । यस अवधिमा गल्छी–त्रिशुली आयोजनाको कार्यप्रगति २४ प्रतिशत छ भने खानेपानी आयोजनाको ४१ प्रतिशतमात्र काम भएको छ । काममा भइरहेको सुस्तताले स्थानीयलाई समेत असन्तुष्ट बनाएको छ ।

कामप्रतिको यस्तो ढिलासुस्तीप्रति विदुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण बहादुर खनाल दुईओटै आयोजना एकै कम्पनीले जिम्मा लिएकोले यस्तो स्थिति आएको बताउँछन् ।

करिव १ अर्ब लागतको तेश्रो साना शहरी खानेपानी आयोजना एशियाली बिकास बैंकको ऋण सहयोगमा निर्माणाधीन छ । उता गल्छी–त्रिशुली सडक स्तरोन्नति आयोजनाका इन्जिनियर भने मुआब्जा वितरणमा समस्या भएको र केही सरकारी निकायको आवश्यक सहयोग नहुँदा काममा ढिलाइ भइरहेको बताउँछन् तर यो आरोपमा सत्यता नभएको नापी कार्यालय नुवाकोटका प्रमुख दशरथ पोखरेलको दाबी छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...