अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

news

वासिंटन, भदौ ८ । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ ।

बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका छन् ।

आँधीले थुप्रै सवारीसाधनमा क्षति पुग्नुका साथै सार्वजनिक यातायात अवरुद्ध बनेको छ । बिजुली आपूर्ति बन्द भएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...