आर्चरीमा नेपालको यात्रा प्रि–क्वाटरफाइनलमै समाप्त

news

जकार्ता, भदौ ८ । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदको आर्चरीतर्फ रिकर्भ मिक्स विधामा नेपाललाई किर्गीस्तानले हराएको छ ।

जकार्तामा आज भएको खेलमा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोडीलाई किर्गीस्तानले ५–४ ले हराएको हो ।

खेलको तेस्रो सेटसम्म नेपालले अग्रता लिएको थियो । चौथो सेट किर्गीस्तानले जितेपछि निर्धारित ४ सेटको खेलमा ४/४ अंकको बराबरी भयो ।

यसपछि थप एक/एक एरो हान्नुपर्ने नियमअनुसार दुबै खेलाडीले एक/एक तीर प्रहार गरेका थिए । अन्तिम प्रहारमा नेपाललाई एक स्कोरले पराजित गर्दै किर्गीस्तानले अर्को चरणमा स्थान सुरक्षित गर्दा यो विधामा नेपालको यात्रा प्रि–क्वाटरफाईनलमै टुंगिएको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...