टेष्ट क्रिकेटको ब्याटिङतर्फ विराट कोहली पुनः शीर्ष वरियतामा

news

नयाँ दिल्ली, भदौ ८ । टेष्ट क्रिकेटको विश्व वरियतामा ब्याट्सम्यानतर्फ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पुनः शीर्ष स्थानमा पुगेका छन्् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन् ।

कोहलीले अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथलाई फेरि पछि पारेका छन् । स्मिथ दोस्रो नम्बरमा छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहली शीर्ष स्थानमा फर्किएका हुन् ।

नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन् ।

त्यस्तै न्यूजिल्याण्डका केन विलियम्सन तेस्रो, अस्ट्रेलियाका डेविड वार्नर चौथो र इंग्ल्याण्डका जो रुट पाँचौ स्थानमा छन् ।

यसैगरी भारतका चेतेश्वर पुजारा छैटौं, श्रीलंकाका दिमथ कारनारात्ने सातौं, श्रीलंकाका दिनेश चण्डिमाल आठौं, अफ्रिकाका डिन एल्गर नवौं र दक्षिण अफ्रिकाकै एडीन मार्कम दशौं स्थानमा छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...