प्रवक्ता विश्वकर्मालाई नुवाकोट ल्याइयो

news

नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई बिहीबार राति नुवाकोट ल्याइएको छ ।

गत साउनमा बेलकोटगढी नगरपालिका–९, भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो ।

आगो लगाएका कारण एउटा जलेर पूर्णक्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार नै आरोपी विश्वकर्मालाई अनुसन्धानको म्याद थपका लागि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...