ट्यांकर चालकको हड्तालविरुद्ध यस्तो छ आयल निगमको तयारी (भिडियो)

news

काठमाडौं, असोज ६ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले यातायात व्यवसायीहरुले पेट्रोलियम ट्यांकर चालकलाई उचालेर आन्दोलन गरेका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको बताएका छन् ।

उनले निगमसँग पर्याप्त पेट्रोलियम पदार्थ मौज्दात रहे पनि ट्यांकर चालकहरुको असहयोगका कारण ढुवानीमा समस्या भएको बताए । ट्यांकर नचलाएर आन्दोलनमा उत्रिएका चालक तथा व्यवसायीलाई कारवाहीको तयारी भइरहेको उनले बताए ।

यस्तै अवस्था रहे ट्यांकर कब्जा गरेर सुरक्षाकर्मीको सहयोगमा निगमले नै ढुवानी प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

भिडियोमा हेर्नुहोस् विस्तृत अन्तरवार्ता

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...