प्रधामन्त्री ओली रात्रिभोजमा सहभागी

news

सुरेन्द्रबहादुर नेपाली 

सान होजे, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आफू तथा आफ्नो नेतृत्वमा आएको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सरीक भएका छन् ।

रात्रिभोजमा महावाणिज्यदूत भिक्टोरिया वादिलाले प्रधानमन्त्रीको स्वागत गरेकी थिइन् भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका तथा प्रतिनिधिमण्डलका सदस्य प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी थिए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...